कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

डिसी नेपाल
१२ साउन २०७८ १८:१२

काठमाडौं । सरकारले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपतिसमक्ष सिफरिस गरेको हो ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाकोले भदौदेखि अवकाश पाउँदैछन्। साउनदेखि उनी विदामा बस्दैछन्।

यसैगरी बेबारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *