मध्यपहाडी लोकमार्ग निर्माणका तत्कालीन योजना प्रमुखसहित ५ जनाविरुद्ध ६८ लाख भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१२ साउन २०७८ १८:३९

काठमाडौं । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा ६८ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको चेनेज ४२+००० देखि ८८+५०० खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले तत्कालिन आयोजना प्रमुख बिजय चापागाई,  इन्जिनियर दिपक कुमार खड्का, सव-इन्जिनियर गजेन्द्र प्रसाद राउत, लेखा अधिकृत दुर्ण प्रसाद फुयाल र निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालिन लेखा अधिकृत फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरेको छ भने अन्यसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरेको छ । एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्‍काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

एउटा ठेक्‍काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्‍काबाट काम गराई विल तयार पारी भुक्तानी लिनेरदिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *