प्रदेश प्रमुख पौडेल र यादव पदमुक्त, राष्ट्रपतिद्वारा शेरचन र गुरुङ नियुक्त

डिसी नेपाल
१२ साउन २०७८ २०:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वय सीताकुमारी पौडेल र धर्मनाथ यादवलाई पदमुक्त गरी पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर पौडेललाई पठाएको थियो । लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका थिए ।

नवनियुक्त प्रदेश प्रमुख शेरचन माओवादी पृष्ठभूमिका रहेका छन् । नेपाली कांग्रेसका नेता गुरुङ २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको सूचीमा रहेका थिए । दुवै चितवन निवासी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *