तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने डा. राजभण्डारीको जिकिर

डिसी नेपाल
१२ साउन २०७८ २१:५९
844
Shares

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताएका छन् । कन्ट्याक्ट–टे«सिङमा परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने,‘गाउँ–गाउँमा छ्याप्छ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे । सरकारका तीन निकायबीच अझैपनि समन्वय हुन नसकेको उनको भनाई थियो । उनले कोभिड–१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहम भूमिका रहने बताए । ‘नियन्त्रणको लागि प्रत्येक व्यक्तिमा आँफै दायित्वबोध हुनुपर्छ ।’ उनले भने,‘तीन महिनाभित्र खोप ल्याइसक्नुपर्छ ।’ उनले तोकिएको उमेरसमु्हलाई खोप नदिएर आफ्ना नजिककालाई खोप दिएको समेत आरोप लगाउदै राजभण्डारीले भने, ‘तोकिएको उमेरसमुह लाई समयमै दिनुपर्छ ।’

देश विकराल अवस्थामा छ भन्दै अझैपनि हेलचक्राई गरेमा आक्रामक रुपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने जिकिर गरे । सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको भन्दै डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रुपमा आउने भन्दै यसबाट अत्यधिक चाँडो संक्रमण बढ्ने उल्लेख गरे । उनले आफ्नो पालामा टेकु अस्पतालमा २ वटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए । कोभिड–१९ २÷४ महिनामै जानेवाला छैन् भन्दै यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.