कांग्रेस क्रियालीश सदस्यता विवाद : तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका

डिसी नेपाल
१३ साउन २०७८ ७:४३

काठमाडौं। लामो प्रयासपछि पनि क्रियाशील छानवीन समितिले पूर्ण प्रतिवेदन बुझाउन बुझाउन नसकेपछि सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन समयमै हुने कुरमा शंसय पैदा भएको छ।

कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। उक्त मितिमा महाधिवेशन सम्पन्न गर्ने पर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ। तर मंगलबार क्रियाशील सदस्य छानवीन समितिले अपूर्ण प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बुझाएको थियो।

समितिले केही स्थानमा रहेको विवादलाई मिलाउन नसकेपछि अपूर्ण प्रतिवेदन बुझाएको थियो। काग्रेसभित्र क्रियाशील सदस्यताको विषय पेचिलो बन्दै गएको छ।  समितिले सप्तरी, बारा, पर्सा, धनुषलगायतका जिल्लाका करिव एक सय वडाको क्रियाशील सदस्यता विवाद समाधान गर्न सकेको छैन।

सो विषयमा अब पार्टीले नै निर्णय लिने छ। मंगलबार बसेको पदाधिकारी बैठकमा यो विषयमा कुनै छलफल भएन। क्रियाशील सदस्यता विवादप्रति संस्थापन इतर पक्ष असन्तुष्ट रहँदै आएको छ। यसअघि कांग्रेसले साउन १२ गते गाउँ÷नगरका वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

तर अहिले ती अधिवेशन स्थगित भएका छन् भने नयाँ मिति तोकिएको छैन। आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको विषयमा निर्णय लिनसक्ने बताइएको छ। महाधिवेशनको विभिन्न मोडलका विषयमा छलफल भएपनि निष्कर्षमा काग्रेसलाई सकस भएको छ।

संविधानले नै भदौ १९ भित्र महाधिवेशन सक्नुपर्ने भनेकाले पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवालाई दबाब दिइरहेको छ।

असार चार गते बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले साउन १२ बाट वडा अधिवेशन, १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशनको कार्यतालिका सार्वजानिक गरेको थियो।

त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन साउन २६ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन र भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन गर्ने मिति सार्वजानिक भएपनि आजबाट हुने वडा अधिवेशन स्थगित भएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको थियो।

भदौमा अधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता बोकेको नेपाली कांग्रेसको वडा अधिवेशन नै स्थगित हुनुले निर्धारण गरिएको मितिमा अधिवेशन हुनेमा आशंका पैदा भएको नेताहरु नै बताउन थालेका छन्।

कांग्रेससँग समायोजन भएर आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्या मनपरी भएको भन्दै संस्थापनइतर पक्षका नेताहरुले असन्तुष्टी जनाएका छन्। पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताकै विषयमा धनुषा, बारा र सर्लाहीका नेता कार्यकर्ता धर्ना र आमरण अनशनसमेत बसेका छन्।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्यहरु डा। चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्मतमाथि प्रहार भएको बताइसेका छन्।

सर्लाही ४ बाट निर्वाचित सांसद डा।अमरेश कुमार सिंहले गत बुधबार क्रियाशील विवादलाई लिएर सभापति देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *