सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, नेपाल समूह पनि सहभागी

डिसी नेपाल
१३ साउन २०७८ १०:१८

काठमाडौं। सत्ता गठबन्धनको बैठक बसिरहेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमाले वरिष्ठ नेता मावध नेपाल समूहलेसमेत सहभागिता जनाएको छ।

बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला सत्ता गठबन्धनको बैठक बसेको हो। देउवा सरकारले ओली सरकारले गरेका राजनीति नियुक्ती धमाधम बदर गरिरहेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो। आजको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारको कामलाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भइरहेको छ।

यसअघि गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल आफैं सहभागी भएका थिए। तर आजको बैठकमा भने नेता नेपालले आफ्नोतर्फबाट नेता डा. विजय पौडेललाई बैठकमा पठाएका छन्।

बैठकमा प्रधानमन्त्री देउवा नेताहरु रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रबक्ता नारायणकाजी श्रेष्ठ ,जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोक राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, र एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *