सत्ता गठबन्धन बैठक : मन्त्रालय बाँडफाँड गर्ने जिम्मा शीर्ष नेतालाई

डिसी नेपाल
१३ साउन २०७८ १२:०५

काठमाडौ। सत्ता गठबनधनको बैठकले सरकारको न्युनोमत साझा कार्यक्रम चाँडो टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको छ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको न्युनोतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन निर्देशन दिएको बैठकमा सहभागी कार्यदल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए।

गठबन्धन सरकार भएकाले न्युनोतम साझा कार्यक्रम बनाउन गठबन्धनबीच सहमति भइसकेको छ। आजको बैठकले साझा कार्यक्रम बनाउने जिम्मा कार्यदललाई दिएको हो।

यसैगरी बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाँडफाँड गर्ने जिम्मा शीर्ष नेतालाई दिएको खड्काले जानकारी दिए। सरकार गठन भएको दुई हप्ता पूरा हुन लाग्दासमेत सरकारले पूर्णता नपाएपछि मन्त्रालयको बाँडफाँड गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको हो।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद समाधान गरेपछि उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने तयारीमा छ। हाल प्रधामन्त्री देउवाले पाँच जना मन्त्रीको भरमा सरकार संचालन गरिरहेका छन्। आजको बैठकमा पनि सरकारलाई चाँडो पूर्णता लिने विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एमाले माधव नेपाल समूहबाट डा विजय पौडेललगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *