एमाले प्रवेश गरेका माओवादीका चार नेताद्वारा सर्वाेच्चमा रिट

डिसी नेपाल
१३ साउन २०७८ १५:१५
372
Shares

काठमाडौँ। माओवादी केन्द्र छोडेर एमालेमा मन्त्री बनेका माओवादी केन्द्रका चार नेताहरुद्वारा सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका छन्।

लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह र गौरिशंकर चौधरीले आफूहरु निर्वाचित भएकै दलमा रहेको भन्दै सांसद पदबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय र त्यसलाई सदर गर्ने संसद सचिवालयको निर्णय बदरको माग गरेका छन्।

नेकपा विघटन भएपछि एमालेमै बसेर ओली सरकारका मन्त्री बनेका थिए। माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गर्ने निर्णय गरेको थियो।

उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारवाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौका समेत नदिई गरिएको कारवाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।

सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि विहीबारका लागि पेसी तोकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *