मन्त्री छान्न जसपाको कार्यकारिणी समिति बैठक जारी

डिसी नेपाल
१३ साउन २०७८ १५:५९

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ। तुलसीलाल अमात्य प्रष्ठिानको भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको बसिरहेको छ।

मंगलवार शुरु भएको बैठक बुधबार सम्पन्न हुनेछ। बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णताः दिनेछ। पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई कारवाही गर्ने–नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले मन्त्रीहरुको टुंगो लगाउन छलफल गरिरहेको एक सदस्यले जानकारी दिए। माधव समूह सरकारमा नआउने भएपछि गठबन्धनका तीन दलबीच मन्त्रालयको भागबण्डामा समेट टुंगो लगाइएको छैन। तर, प्रत्येक दलले ८ मन्त्रालयले पाउने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *