हरेक वर्ष बढ्छन् बलात्कारका घटना, गत वर्ष दैनिक ७ जना बलात्कृत
सांकेतिक तस्बिर
काठमाडौं। गत आर्थिक वर्षमा हत्याका घटना बढेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा २५ दशमलव २८ प्रतिशतले कर्तव्य ज्यानका अपराध बढेका छन्। गत आर्थिक वर्ष २०७७–०७८ मा ६९७ वटा कर्तव्य ज्यान अपराधका मुद्दा प्रहरीले दर्ता गरेको छ। आर्थिक वर्ष २०७६–७७ मा ५५५ कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७५–७६ मा भने ६५९ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएका थिए।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा ज्यान मार्ने उद्योगका घटना पनि बढेका थिए। गत आर्थिक वर्षमा ज्यान मार्ने उद्योगका १ हजार ५१ मुद्दा दर्ता भए भने आर्थिक वर्ष २०७६–७७ मा ८६९ मुद्दा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७५–७६ मा ९२७ मुद्दा दर्ता भएका थिए।
प्रहरीका अनुसार बलात्कारका घटना पनि १८ दशमलव १९ प्रतिशतले बढेका छन्। गत आर्थिक वर्षमा २५३४ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दायर भएका छन्। यस हिसाबले गत आर्थिक वर्षमा दैनिक ७ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७६–७७ मा २१४४ जबरजस्ती करणीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। यस्तै आर्थिक वर्ष २०७५–७६ मा २२३० वटा जबरजस्ती करणीका घटना प्रहरीले दर्ता गरेको थियो।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योगका ७३५ घटना दर्ता भएका छन्। यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ९९ प्रतिशतले बढेको हो।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा लागु औषध, आत्महत्याका घटना बढेका छन्।
यस्तै बैंकिंग कसुर, माधव बेचबिखन, साइबर अपराध र संगठित अपराधका घटना घटेका छन्। गत आर्थिक वर्ष सबैभन्दा धेरै संगित अपराधका घटनामा कमी आएको छ। गत आर्थिक वर्षमा ४६ दशमलव १५ प्रतिशतले संगठित अपराधका घटना कम भएको प्रहरीको तथ्यांकले देखाएको छ।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा ४०,१२० वटा अपराधका घटनाहरू दर्ता भएका छन्। प्रति दिन ११० वटा अपराधका घटनाहरू दर्ता भएको प्रहरीले जनाएको छ। आवमा अघिल्लो आवभन्दा ४.२४ प्रतिशतले अपराधमा कमी आएको प्रहरीको तथ्यांकले देखाएको छ।








डिसी नेपाल








Facebook Comment