कोरोनाको तेस्रो लहरको जोखिम : गृह मन्त्रालयमा के के भयो छलफल?

डिसी नेपाल
१७ साउन २०७८ १६:१८
884
Shares

काठमाडौं। कोरोना महामारीको तेस्रो लहरको संकेत आइसकेको भन्दै स्वास्थ्य विद्हरुले आवश्यक तयारी थाल्न सरकारलाई चेतावनी दिइरहेका बेला सरकार पनि तातेको छ। कोरोना संकट व्यवस्थापनका लागि आवश्यक रणनीति बनाउन आइतबार गृह मन्त्रालयमा एक उच्चस्तरीय छलफल भएको छ।

गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश प्रसाद अधिकारीबीच कोरोनाबारे छलफल भएको हो।

सो बैठकमा कोरोना नियन्त्रण पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ। यस्तै कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयहरुबीच आवश्यक समन्वयलाई बलियो बनाउने, गृह मन्त्रालयले व्यवस्थापनमा सहजीकरण गर्नेलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। बैठकमा कोरोनाको तेस्रो लहर आउनुअघि नै तयारी गर्नुपर्ने भन्दै होल्डिङ सेन्टर निर्माणलाई तिब्रता दिने, सीमामा कोरोना खोप लगाउने, अहिलेदेखि नै सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन अनिवार्य गर्ने निर्णय भएको छ। .

यस्तै .कोरोना खोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्थापन गर्ने र खोप केन्द्र बढाउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरिएको छ। बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले .४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिएका थिए। उनले यो हप्ता ३२ लाख डोज खोप आउन लागेकोसमेत जानकारी दिएका थिए। उनका अनुसार चीनबाट १६ र जापानबाट १६ लाख डोज खोप यसै हप्ता आउन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.