साझा कार्यक्रमका विषयमा कार्यदलले सहमति जुटाउन सकेन

डिसी नेपाल
१८ साउन २०७८ १४:१०
112
Shares

काठमाडौं। सरकारको साझा न्युनतम कार्यक्रमलाई अन्तिमलाई अन्तिम रुप दिन बसेको सत्तारुढ कार्यदलको बैठकले साझा कार्यक्रमलाई अन्तिम रुप दिन नसकेपछि मंगलबार पुन बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप लिने तयारी थियो। तर यो विषयमा थप छलफल गर्नु पर्ने भएकाले बैठक भोलि फेरि बस्ने गरी सकिएको कार्यदल सदस्य जसपा नेता महेन्द्र यादवले जानकारी दिए।

‘आज धेरै विषयमा छलफल भयो, साझा कार्यक्रमका विषयमा थप छलफल गर्नु पर्ने भएपछि भोलि फेरि बस्ने गरी आजको बैठक सकिएको छ,’ यादवले भने। उनले जतिसक्यो चाँडो साझा कार्यक्रम तय गर्ने गरी कार्यदलले काम गरिरहेको दाबी गरे।

कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यमा कांग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.