कोकिनको कारबार गर्ने १३ जना प्रहरीको फन्दामा

डिसी नेपाल
१८ साउन २०७८ १८:४३
216
Shares

काठमाडौं। नेपाल प्रहरीले लागूऔषध कोकिनको कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले मुलुकका विभिन्न भागबाट पक्राउ गरेको हो।

लामो समयको निगरानी पछि साउन ७ गते यता १३ जनालाई पक्राउ गरिएको व्यूरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए। व्यूरोमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं, महानगरपालिका वडा न १६ पकनाजोलस्थित होटलमा अबैध लागुऔषध कोकिनको कारोवार भइरहेको सूचनाका आधारमा व्यक्तिहरुलाई पछ्याउदै जाँदा अन्य व्यक्तिहरु पनि पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा चितवन भरतपूर महानगरपालिका –७ प्रेमबस्तीबाट जिल्ला गोरखा बारपाक सुलिकोट गापा ५ लाकुरीबोट घर भई हाल जिल्ला काठमाण्डौं कामनपा– ३ रानीबारी बस्ने बर्ष ४५ को सुरोज गुरुङबाट कोकिन ६८३ ग्राम बरामद भएको थियो। काठमाडौको रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरलाई अबैध लागुऔषध कोकिन ३२९ ग्राम र नगद ७ लाख ५० हजारसहित पक्राउ गरेको थियो ।

रानीबारीबाटै बर्ष ३९ कि मुना तामाङ गुरुङ र बर्ष २८ की रक्की आलेमगर बर्ष २३ कि रायल थापा मगर पक्राउ परेका थिए। टोखाबाट भारत गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल गल्को पाखाबाट जिल्ला धादिङ्, निलकन्ठ नपा११ बस्ने बर्ष २७ को मिराज ढकाल, झोछ्बाट बर्ष ४९ को सुदन शाक्य पक्राउ परेको एसपी श्रेष्ठले जानकारी दिए।

त्यसैगरी कोटेश्वरबाट जिल्ला धादिंङ निलकन्ठ नपा ११ बस्ने बर्ष २७ को मछिन्द्र धमला पक्राउ परेका थिए। उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.