आशुँबाट पनि कोरोना फैलिन सक्ने भारतीय बैज्ञानिकहरुको दाबी
काठमाडौं । कोरोना भाइरस संक्रमितको आशुँबाट पनि सर्ने खतरा देखिएको छ। भारतको अमृतसरको सरकारी मेडिकल कलेजले गरेको एक रिसर्चमा आशुँबाट पनि कोरोना भाइरस सर्ने खतरा रहेको भारतीय संचार माध्ययमले लेखेका छन्।
अध्ययनमा आरटी पिसीआर रिपोर्ट आउनु भन्दा ४८ घण्टा पहिला आशुँको नमुना लिइएको बताइएको छ। यस्तोबेला आखाँको डाक्टरहरुलाई सतर्क रहनसमेत आग्रह गरिएको छ। नाक तथा मुखबाट निस्किने तरलपदार्थबाट कोरोना सर्ने गरेको छ।
शरिरमा भएको रोकका कारण आखाँमा असर गर्नसक्ने एक्यूलर मेनिफेस्टेसन भएको आशुँ कोरोना संक्रमणको कारण हुनसक्ने अध्ययनको दाबी रहेको भन्दै भारतीय मिडियाले लेखका छन्। एक सय २० जनामा उक्त अध्ययन गरिएको थियो। जसमध्ये ६० जनाको आशुँबाट कोरोनाको संक्रमण फैलिन सक्ने देखिएको थियो।
एक्युलर मेनिफेस्टेसन भएका ३७ प्रतिशत विरामीमा कोरोना भाइरसको अत्याधिक लक्षण मिलेको बताइएको छ। १७ प्रतिशत बढी व्यक्ति जसको आशुलाई स्वाब मानेर पीसीआर टेस्ट गरिएको थियो उनीहरु कोरोना संक्रमित भेटिएको अध्ययनको दाबी छ। यस अध्ययनमा संलग्नहरुले मानिको नाक, मुख र आखाँको चेकजाँच गर्ने बेला सतर्क रहन आग्रह गरेका छन्।







डिसी नेपाल








Facebook Comment