माधव नेपालले एमालेको नाममा बैठक बोलाएपछि ओली आक्रोशित

डिसी नेपाल
२० साउन २०७८ २१:२५
3.5k
Shares

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवादका बीच विहीबारका लागि माधव समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबारका लागि बोलाइएको बैठक एक दिनका लागि स्थगित गरिएको थियो। यसरी माधव समूहले बैठक बोलाएपछि एमालेले भने कुनै बैठक नबोलाइएको भन्दै सो बैठकमा सहभागी नहुन नेता तथा कार्यकर्तामा आग्रह गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिब शेरबहादुर तामाङले बुधबार विज्ञप्ति जारी गर्दै एमाले केन्द्रीय कमिटीको बैठक नबोलाइएको बताएका छन्। उनले एमालेको नाममा पटक पटक अनाधिकृत बैठक बोलाइएको भन्दै त्यस्ता बैठक पार्टीको विधानविपरित रहेकोसमेत बताएका छन्। उनले यस्ता अनाधिकृत बैठकमा सहभागी नहुन आग्रह गरेका छन्।

एमालेमा आन्तरिक विवाद चलिरहेका बेला वार कि पार गर्ने भन्दै माधव समूहले विहीबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *