एमाले नेपाल समूहकाे बैठक बस्दै, पार्टी एकता कि सरकार भन्ने विषयमा निर्णय हुन सक्ने

डिसी नेपाल
२१ साउन २०७८ ९:४०
460
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले माधव नेपाल समूहको बैठक आज बस्दै छ।  विहान ११ बजे बानेश्वरमा बैठकका लागि केन्द्रीय सदस्यलाई बोलाइएको छ।

सरकारमा जाने र पार्टीसँग एकता गर्ने विषयमा पटकपटक स्थायी कमिटीमा छलफल गरेका नेता नेपालले आजको केन्द्रीय कमिटी बैठमा पनि गम्भिर छलफल गर्ने बताइएको छ। आजको बैठकबाट एमाले एकता र विभाजनको वारपार हुने बताइएकाे छ।

पार्टी एकाताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक गरिएको कुरामा सहमति हुन नसकेपछि नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने विषयमा अलमलमा परेको छ।

पार्टीको आधिकारिक लेटरप्याडको दुरुपयो भएको भन्दै एमाले पार्टी सचिव शेरबहादुर तामाङले बैठकमा सहभागि नहुन सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *