रणनीति तय गर्न वरिष्ठ नेता पौडेल समूहको बैठक चाक्सीबारीमा जारी
काठमाडौं। १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसिरहेको छ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीकबारीमा जारी बैठकमा क्रियाशील सदस्यता विवाद र महाधिवेशनलगायतका विषयमा छलफल भइहरेको चाक्सीबारी स्रोतले जनाएको छ।
बुधबार बसेको कांग्रेस नेतहरुको बैठकमा तोकिएको समयमा महाधिवेशन नहुने अवस्था भए विशेष महाधिवेशन गर्नुपर्ने वरिष्ठ नेता पौडेलले प्रस्ताव गरेका थिए।
तर सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेन गर्न सकिने भन्दै विशेष महाधिवेशन आवश्यक नभएको बताएपछि रणनीति तय गर्न पौडेल समूहको बैठक बसेको हो।
चाक्सीबारी बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा।शशांक कोइराला, नेताहरू डा। मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि सहभागी रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment