संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
ठमाडौं। सरकार सञ्चालनका लागि तयार पारिएको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आइतबार कार्यविधि सार्वजनिक गर्ने सहमति गरेको हो।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ।
साझा कार्यक्रममा कोरोना रोकथाम र नियन्त्रण, कोरोनाविरुद्धको खोप समयमै उपलब्ध गराउने, आर्थिक पारदर्शिता र मन्त्रीहरूको आचारसिंहता लगायत विषय समेटिएका छन् । यस्तै संविधान संशोधनका लागि पहल गर्ने, विभिन्न कालखण्डमा भएका आन्दोलनका घाइते, जेलमा रहेका व्यक्तिहरूको उचित व्यवस्थापन गर्ने र शान्ति सम्झौताको मर्मनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने सहमति कार्यक्रममा उल्लेख गरिएको छ।







डिसी नेपाल








Facebook Comment