सत्तापक्ष दशैँ आएजस्तो आँगनमा नाच्दै ठिक हुनुहुन्छ – ओली
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष्य केपी शर्मा ओलीले सत्ता पक्ष सरकार बनीसकेपछि बधाई र धन्यवादमै व्यस्त रहेको बताएका छन।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री ओलीले सत्तापक्षले दसैँ आएर केटाकेटी नाचेजस्तो गर्नमा व्यस्त रहेको बताएका हुन्।
उनले भने, ‘सामान्यतया सरकार परिवर्तन लोकतान्त्रीक पद्दतीमा सामान्य पक्रिया हो। तर, यो सरकार असमान्य ढंगले परिवर्तन भएकाले होला, सत्तापक्ष गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ। दसैं आएजसरी केटाकेटीलाई आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ,”
उनले सरकारले करिब एक महिनामा केही काम नगरेको र मन्त्रीपरिषद विस्तार गर्न सकेको बताए। प्रतिनिधिसभा पुर्नस्थापना पश्चात पूर्व प्रधानमन्त्री ओलीले पहिलो पटक संसदलाई सम्बोधन गरेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment