एकैदिन ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

डिसी नेपाल
२६ साउन २०७८ १७:१४
540
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १९ हजार १२३ जनाको परीक्षण गर्दा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ११५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९०६ परीक्षण गर्दा १ हजार ७१० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । हाल सक्रिय संक्रमित ३७ हजार ३३२ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.