महाधिवेशन सर्ने निश्चित भएपछि आफू निकट नेतासँगको परामर्शमा देउवा
काठमाडौं। तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएपछि प्रधानमन्त्रीसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका छन्।
बुधबार देउवाले निजी निवास बुढानिलकण्ढमा आफू निकट केन्द्रीय सदस्यसँग लामो छलफल गरे। सो छलफलमा बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएको मितिमा महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको छ भने क्रियाशील सदस्यता विवाद समाधान नभइ महाधिवेशनमा जान नसकिने जनाउँदै आएको छ।
पौडेल समूहले तोकिएको मितिमा महाधिवेशन नहुने भए विशेष महाधिवेशन गर्नुपर्ने बताएको छ। तर सभापति देउवाले तोकिएको मितिमा महाधिवेन हुने बताउँदै आएका छन्। बिहीबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनका विषयमा ठोस निर्णय गर्ने बताइएको छ।
आज सभापति देउवाले आफू निकट मानिने नेताहरु गृहमन्त्री बालकृष्ण खाण,कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,उपसभापति बिमलेन्द्र निधि,महामन्त्री पुर्णबहादुर खड्का ,केन्द्रीय सदस्य रमेश लेखक, गोपालमान श्रेष्ठ,लगायतसँग परामर्श गरेका थिएर
No ads found for this position


डिसी नेपाल
Facebook Comment