७५ लाख नागरिकले कोरोना विरूद्धको खोप लगाइसके : स्वास्थ्य राज्यमन्त्री

डिसी नेपाल
२८ साउन २०७८ १४:३४
240
Shares

काठमाडौं। स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले हालसम्म ७५ लाख नागरिकले कोरोना विरूद्धको खोप लगाइसकेको बताएका छन्। बिहिबार प्रतिनिधिसभा बैठकलाइ सम्वोधन गर्दै राज्यमन्त्री श्रेष्ठले दैिनक डेढदेखि २ लाख खोप लगाउने गरेको बताए।

उनले सबै नेपालीका लागि साढे पाँच करोड कोरोनाको खोप आवश्यक पर्ने पनि बताए। ‘नेपालीका लागि ५ करोड ५० लाख डोज कोरोना खोप चाहिन्छ। पूर्ववर्ती सरकारले ९७ लाख किनेको थियो। अहिलेसम्म ४२ लाख खोप उपलब्ध गराइएको छु, उनले भने, ‘हालसम्म ७५ लाख डोफज खोप लगाइएको छ। नयाँ सरकार आएपछि खोपलाई अभियान तीव्र बनाएको छ।’

राज्यमन्त्री श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएको र ४२ लाखलाई मात्र लगाइएको उल्लेख गरे।
‘हामीलाई अहिलेसम्म १ करोड ८ लाख डोज प्राप्त हुने पक्का भएको छु, उनले भने, ‘अहिलेसम्म उपलब्ध खोपले नेपाली ३३ प्रतिशत जनतालाई खोप लाउन सक्ने अवस्था छ।’

उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे। ठूला-ठूला अस्पतालहरूको स्तरवृद्धि गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार लागिपर्ने राज्यमन्त्री श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.