पाल्पामा पिताले हानेको भरुवा बन्दुकको गोली लागेर छोराको मृत्यु
पाल्पा। पाल्पामा पिताले भरुवा बन्दुकले गोली हान्दा त्यो गोली छोरालाई लागेर छोराको मृत्यु भएको छ । भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा झुक्किएर गोली लागेपछि छोराको मृत्यु भएको हो ।
रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा आएको स्याललाई मार्न भनेर गोली हान्दा त्यो गोली छोराको छाउकोमा लागेर आफ्नै ३५ वर्षका छोरा धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेतिर घरदेखि १०० मिटर परको जङ््गलमा स्याल मार्ने क्रममा बन्दुकको गोली छोराको टाउकोमा लागेर छोराको मृत्यु भएको हो । प्रहरीले बुवा कर्णबहादुर र घटनामा प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment