राजाको दरबारमा राष्ट्रपतिको साढे २ घण्टा, हेर्नुहोस् १२ तस्वीरहरु

डिसी नेपाल
३० साउन २०७८ १२:२५
10.7k
Shares

काठमाडौं। राजतन्त्रको समयमा राष्ट्रप्रमुख बस्ने नारायणहिटी दरबार अहिले संग्रहालयमा परिणत भइसकेको छ । राजा बाहिरिएर देश गणतान्त्रिक व्यवस्थामा गएपछि पहिलो पटक नारायणहिटीमा गणतान्त्रिक राष्ट्रप्रमुख अर्थात राष्ट्रपतिको प्रवेश भएको छ । निषेधाज्ञाका कारण बन्द रहेको नारायणहिटी संग्रहालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनौपचारिक भ्रमण गरेकी हुन् ।

राष्ट्रपतिले नारायणहिटीमा करिब साढे २ घण्टा बिताएकी थिइन् । शुक्रबार राष्ट्रपतिले अपरान्ह सर्वसाधारणले अवलोकन गर्ने रुटबाटै नारायणहिटी संग्रहालयको अवलोकन गरेकी हुन् । राष्ट्रपतिले श्री सदन र राजारानीले फिल्म हेर्ने हलको पनि अवलोकन गरेकी थिइन् । संग्रहालयले राष्ट्रपतिको अवलोकनका तस्वीरहरु जारी गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.