१२ हजार १०६ परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना संक्रमण, थप ३३ को मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १२ हजार १०६ जनाको परीक्षण गर्दा २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ८६७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १९ परीक्षण गर्दा १ हजार १५२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार २९८ जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment