विश्वमा कोरोना : २० करोड बढी संक्रमित, १८ करोड निको भए
काठमाडौं। विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० करोड बढी पुगेको छ। तथ्यांक अनुसार विश्वमा हालसम्म २० करोड ७९ लाख ४६ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, १८ करोड ६४ लाख दुई हजार आठ सय ८६ जनाले कोरोनाको संक्रमण जितेका छन्।
विश्वमा गत २४ घण्टामा मात्र चार लाख ६७ हजार चार सय १४ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमा सबैभन्दा बढी इरानमा ३६ हजार सात सय ३६ जनाकोरोनाका संक्रमित थपिएका हुन्। इरानमा हालसम्म ४४ लाख २५ हजार आठ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, इरानपछि गत २४ घण्टामा संक्रमितहरु भारतमा थपिएका छन्। भारतमा गत २४ घण्टामा ३३ हजार दुई सय २१ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। लगातार उकालो लागेको भारतमा पछिल्ला केहीदिन यता भने संक्रमितको संख्या घटेको देखिएको छ। भातरमा विगत ३ दिनदेखि लगातार संक्रमितको संख्या घट्दो क्रममा छ।
गत २४ घण्टामा विश्वभरीमा आठ हजार ८१ जनाले ज्यान गुमाएका छन्। कोरोनाकै कारण विश्वभरमा हालसम्म ४३ लाख ७४ हजार दुई सय ५३ जनाले ज्यान गुमाएका छन्। जसमा सबैभन्दा बढी अमेरिकाबाट छ लाख ३७ हजार पाँच सय ६१ जनाले ज्यान गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment