नक्कली सवारी चालक अनुमतिपत्रसहित दुई जना पक्राउ

डिसी नेपाल
३२ साउन २०७८ १६:३८
3.1k
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाईसेन्स०सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २ बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो । दाहालको साथबाट गिता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमती पत्र नं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरवारमा बुझाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.