अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं। अफगानस्तानमा अलपत्र परेका एक सय २७ जना नेपाली काठमाडौं पुगेका छन्। कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरु मंगलबार विहान काठमाडौं पुगेका हुन्।
तालिवानले सत्ता कब्जा गरेपछि उनीहरुलाई अमेरिकाले उद्धार गरेर नेपाल पठाएको हो। नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उनीहरु विहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएको जानकारी दिए।
काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।? pic.twitter.com/CyM7TqTdQw
— U.S. Embassy Nepal (@USEmbassyNepal) August 17, 2021
यूएस फोर्सको विमानमा उनीहरु काबुलबाट यूएइ पुगेका थिए। नेपाली राजदूतावासमा सुरक्षागार्डको रुपमा कार्यरत उनीहरु कुवेतबाट चाटर्ड फ्ल्याइटमा नेपाल आएका हुन्।







डिसी नेपाल








Facebook Comment