थप ३ हजार ७५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४० हजार ५ सय

डिसी नेपाल
३ भदौ २०७८ १६:५०
308
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ४३८ जनाको परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १२६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ४९२ परीक्षण गर्दा ७५४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । हाल सक्रिय संक्रमित ४० हजार ५ सय जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.