देशैभरी संगठन विस्तार भइसकेको छ : उज्यालो पार्टी नेपाल

डिसी नेपाल
१४ पुष २०८२ १९:४३
104
Shares

काठमाडौं । उज्यालो पार्टी नेपालले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ।

सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए।

‘हाम्रो आफ्नो अस्तित्वसहितको पार्टी हो। त्यो हाम्रो पार्टीको आफ्नै खालको तयारी छ। देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ। देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ। त्यो कारणले आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो र आगामि निर्वाचनको तयारी गर्ने हो। भोली के हुन्छ थाहा छैन्, तर अहिलेसम्मको हाम्रो तयारी एक्लै लड्ने हो।’

उनले चुनावी तालमेल आवश्यकताको आधारमा हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *