गीत : खर्च माग्दिन

डिसी नेपाल
५ भदौ २०७८ ६:५३
176
Shares

यस्पालीको तीजको दर आफ्नै घरमा खाने हो
घरै गरि सिंगारपटार, घरमै नाच्ने हो
पर्दैन है स्वामी राजै तीजमा सारी किन्दिन
लुगाफाटो लगाउनलाई, खर्च माग्दिन

बुढी आमा नकुर्नु है तीजमा बाटो हेरेर
तिम्री छोरी सबल भा छे दु ख गरेर
तिम्ले दे को ज्ञान शीप आत्मबल लिएर
बॅाचेकि छु आफ्नो जीवन निडर भएर

तीजको चाड रमाइलो देखासिकी गर्दिन
लवाइ खवाई गर गहना धाकमा पर्दिन
दिदी बहिनी साथीसॅगी घर माइति मिलेर
हांस्ने खेल्ने रमाउने हो दिल खोलेर।।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.