पाँच वर्षीया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा
काठमाडौँ । पाँच वर्षीया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ। उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो। कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन्।
मेरिना बाबु जिम्बाकी छोरी हुन्। लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए।
उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ। रिहाना ८ वर्षीया बालिका हुन्। आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment