गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टरको पदस्थापन

डिसी नेपाल
१३ भदौ २०७८ ११:३०
220
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शनिबार अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका हुन्।

नवनिर्वाचित सच्याप्टरको उपाध्यक्षमा गंगादत्त शर्मा, सचिवमा चण्डी भण्डारी, सहसतिवमा राजन भट्टराई र कोषाध्यक्षमा दिलिप कुमार बस्नेत रहेका छन्।

महिला संयोजकमा मनिता मानन्धर, युवा संयोजकमा बासुदेव केसरी रहेका छन् भने सदस्यहरुमा रोहित विक्रम केसरी, टंकमणि घिमिरे, भवन सुवेदी, निश्चल चापागाईँ, छविलाल हुमागाईँ, सन्तोष लम्साल रहेका छन्।

पदस्थापन कार्यक्रममा न्यूयोर्कमा भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेक्सस टिमलाई सम्मन पनि गरिएको थियो।

कार्यक्रममा एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले नवनियुक्त समितिलाई शूभकामनासमेत दिएको थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.