भरतमणि पौडेल कमेडी च्याम्पियनको फाइनलमा, एकाएक बढ्यो लोकप्रियता

डिसी नेपाल
१३ भदौ २०७८ १२:४७
3.9k
Shares

काठमाडौं। ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन्। शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन्। भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका छन्।

कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन्। एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए । जसलाई धेरैले मन पराएका छन्।

पूर्वयुवराज पारस शाहको नक्कल गर्दै अभिनय गरेका भरतमणिको भिडियोको ट्रेलर शुक्रबार नै युट्युबमा राखिएको थियो । जुन ट्रेन्डिङको १४ नम्बरमा परेको थियो। भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.