लुम्बिनीमा कमजोर माधव नेपाल: समानुपातिक सांसदले इज्जत जोगाइदिइन्

डिसी नेपाल
१६ भदौ २०७८ ६:१५
1.4k
Shares

दाङ। लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ । झण्डै शून्य अवस्थामा रहेको नेकपा (एस)लाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन्।

प्रभावशासली नेता सबै एमालेमै रहेको लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा (एस)मा सनाखत गरेकी हुन्।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ। घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरेकी छन् । उनले आफ्नो दलको लुम्बिनीमा चार दलीय गठबन्धनलाई समर्थन रहने बताइन्।

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ । पाँच दलीय गठबन्धसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.