मधेश प्रदेशसभाको सभाभुखमा जसपाका यादव निर्वाचित

डिसी नेपाल
६ पुष २०८२ १६:३५
24
Shares

जनकपुरधाम । मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार मधेश प्रदेशसभामा बहुमतका साथ उनी निर्वाचित भएका हुन्।

प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा यादवले ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा २४ मत खसेको थियो।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन्। उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *