प्रदेश १ मा एकीकृत समाजवादीका १० जनाले गरे सनाखत
विराटनगर। नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन्। निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन्।
प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन्। सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन्। एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरुले आफ्नो दल रोजिरहेका छन्।
जसअनुसार बुधबार प्रदेश १ का सांसदहरुले आफ्नो दल रोज्न निर्वाचन आयोग पुगेका हुन्। एमालेबाट राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा र पदमकुमारी गुरुङले सनाखत गरिसकेका छन्।
दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment