थप ९९४ जनामा कोरोना संक्रमण, १ हजार ३६८ जना निको
काठमाडौं । गत २४ घण्टामा नेपालमा ९ हजार ८४० जनाको परीक्षण गर्दा ९९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३६८ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार १३७ पीसीआर परीक्षण गर्दा ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७०३ परीक्षण गर्दा २१७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment