लगातार दोस्रो दिन एक हजार भन्दा कम संक्रमित थपिए
काठमाडौं । गत २४ घण्टामा नेपालमा ११ हजार १८ जनाको परीक्षण गर्दा ९११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४२३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८७८ पीसीआर परीक्षण गर्दा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार १४० परीक्षण गर्दा ७३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १३ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५५७ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment