निसान लिफ टेस्ट ड्राइभ सप्ताह
काठमाडौं । जापानमा उत्पादित निसान कम्पनीको विद्युतीय गाडी ’निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।
नेपालमा निसान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता ‘पायोनियर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि भदौ २८ गते देखि असोज ४ गते सम्म ‘निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गइरहेको जनाएको छ । यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्याङ्कन सुविधा तथा वित्त पोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौंमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।
अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जानकारी गराएको छ । नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफ ले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।
निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए.बी.यस , इ.बी.डी तथा बी.ए.) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैर बिद्दुतिय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ ।
निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ कि मि सम्मको दुरी तय गर्न सक्छ । एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ । त्यस्तै गरि निसान लिफ ० देखि १०० कि मि\घण्टा ७.५ सेकेन्ड मा जान सक्छ र एसको अधिकतम गति १४० कि मि\घण्टा छ ।
नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९.९९ लाखमा उपलब्ध गराइरहेको छ ।







डिसी नेपाल








Facebook Comment