जबरजस्ती करणी र डाका मुद्दामा फरार १० वर्षपछि पक्राउ

डिसी नेपाल
२७ भदौ २०७८ २१:१४
28
Shares

काठमाडौं । नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेर फरार भएका सुनसरी इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मियालाई आज दिउँसो पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत विराटनगरको विसं २०६८ असार ३० को फैसलाले १४ वर्ष पाँच महिना १२ दिन कैद सजाय र रु ६४ हजार ५०० जरिवाना गरेपछि फरार रहेका मियालाई आज सुनसरीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.