परीक्षण बढ्दा संक्रमण पनि बढ्यो, थप १६ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ५३९ जनाको परीक्षण गर्दा १ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २६० जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा १ हजार १४९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ७ हजार ४ परीक्षण गर्दा ३३७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment