‘बेञ्च–बार समन्वय समिति’ बैठक रचनात्मक

डिसी नेपाल
२८ भदौ २०७८ २१:२३
32
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज ‘बेञ्च–बार समन्वय समिति’को बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहेको समितिको बैठकमा बेञ्च र बारबीच आज बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको हो । “समसामयिक विषयमा छलफल भएको हो, निश्कर्ष नै त्यस्तो केही आएन”, सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालले भने, “बैठकमा संवैधानिक इजलास गठन, पछिल्ला आदेशको समीक्षा, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसम्बन्धी छलफल भयो, समग्रमा रचनात्मक छलफल भयो ।”

समितिमा प्रधानन्यायाधीश राणा अध्यक्ष, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की रहेका छन् भने बारका तर्फबाट नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापा, महान्याधिवक्ता खम्मबहादुर खाती, मुख्य रजिष्ट्रार लालबहादुर कुँवर रहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.