राष्ट्रपतिले गरिन् ५२३ जना कैदीको सजाय मिनाहा
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेका ५२३ जना कैदीहरुको कैद सजाय मिनाह गरेकी छिन् ।
आइतबार देखि लागू हुने गरी ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं. ०७६-wo-०९३९ को मुद्दामा मिति २०७७\४\१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली र मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम बाँकी कैद मिनाह भएको जनाइएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment