संखुवासभा हत्याकाण्डमा कम्तीमा ५ जना संलग्न रहेको प्रहरीको दावी, सबै आरोपी पक्राउ

डिसी नेपाल
४ असोज २०७८ ११:३२
1.5k
Shares

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ । संलग्न देखिएकाहरुलाई पक्राउ गरिएको प्रहरीले उपरीक्षक (एसपी) भीम दाहालले बताए ।

प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पक्राउ गरेको हो । यससँगै प्रहरीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कूल ५ जनालाई पक्राउ गरेको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । सो घट्नामा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.