थप १ हजार ९५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २२ हजार ३२३ जना
काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ८१७ जनाको परीक्षण गर्दा १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ९५७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ७८६ पीसीआर परीक्षण गर्दा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ३१ परीक्षण गर्दा १२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment