दोधारा–चाँदनीमा सशस्त्र प्रहरीका जवानमाथि भारतीय तस्कर समूहद्वारा आक्रमण
काठमाडौं। कञ्चनपुरको दोधारा–चाँदनीमा सशस्त्र प्रहरीका जवानमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका छन्।
भारतबाट नेपाल तर्फ भन्सारी छली सामानहरु ल्याउन खोज्ने भारतीय तस्कर समूहलाई रोक्न खोज्दा सशस्त्र प्रहरीका जवानमाथि आक्रमण भएको हो। यो विषयमा सशस्त्र मूख्यालयस्थित सूचना शाखाले कुनै पनि प्रतिक्रिया जनाएको छैन।
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्ने सशस्त्र प्रहरीका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवानमाथि हातपात भएको हो।
चिनी लगायतको बोरामा सामान बोकेर आएको ८ जनाको समूहले उनीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। तस्कर समूहले नेपाल तर्फ ल्याएको सामान र मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
तर सो समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेर नियन्त्रणमा लिएको सामान लिएर फरार भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले आफ्ना जवानहरुमाथि आक्रमण भएको स्वीकार गरे।
शैलेश्वरी गण अन्तर्गत १२ वटा बोर्डर आउटपोष्ट (बीओपी)रहेका छन्। सो गणमा ६२१ जना जनशक्ति हुने र एउटा बिओपीमा ३५ जनाको जनशक्ति रहेको ठाउँमा कसरी तीन जना प्रहरीमाथि आक्रमण भयो र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाना कसरी लिएर भागे भन्ने प्रश्न उठेको छ।
‘सो गण मातहत १२ वटा विओपीमा ३५ जना संख्या हुनुपर्नेमा कसरी आक्रमण भयो भन्ने प्रश्न उठेको छ, यो विषयमा हामी बुझ्दै छौ’, सशस्त्र प्रहरी मुख्यालयले भन्यो। स्रोतका अनुसार २ सय भन्दा बढी जनशक्ति कहाँ खटाइएको छ यस विषयमा गणपतिसँग कुराकानी भैरहेको र त्यहाँको आक्रमणबारे अनुसन्धान हुने मुख्यालय स्रोतले जनाएको छ।
सीमा नाकामा भारतीय तस्करहरुले सशस्त्र प्रहरी जवानमाथि आक्रमण हुन थालेपछि सशस्त्र प्रहरी मुख्यालयले यसअघि सबै गण तथा गुल्ममा भएका कर्मचारीलाई चुस्तदुरुस्त राख्न र जवानहरुको सुरक्षामा ध्यान दिन तथा सर्पोटिङ टोली राख्न निर्देशन दिएको थियो। तर गण र गुल्मपतिहरुले बीओपीमा ३५ जना खटाउनु पर्नेमा २० जना, पोष्टमा ७ जना पठाउनु पर्नेमा तीन जना पठाउदै आएका छन्।
‘आज कञ्चनपुरमा आएको समस्या पनि यही जनशक्ति थोरै खटिदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको त्यहाँको कमाण्डरको कमजोरीले प्रहरी कर्मचारीहरुमाथि आक्रमण हुँदै आएको छ’, सशस्त्र प्रहरी मूख्यालय स्रोतले भन्यो।







डिसी नेपाल








Facebook Comment