क्यानडाले हुवावेकी मालिकलाई छाडेपछि चीनले २ क्यानडाली नागरिकलाई छाड्यो

डिसी नेपाल
९ असोज २०७८ ८:४०
1.2k
Shares

काठमाडौं। चीनले २०१८ देखि हिरासतमा राखेका २ जना क्यानडाली नागरिकलाई छाडिदिएको छ । अब उनीहरु आफ्नो देश क्यानडा फर्किन लागेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् । माइकल स्पाभोर र माइकल कोभ्रिगलाई २०१८ मा चीनले जासुसीको आरोपमा पक्राउ गरेको थियो । अमेरिकाको पक्राउ पुर्जीका आधारमा क्यानडाले चीनको ठूलो प्रविधि कम्पनी हुवावेकी मालिकलाई पक्राउ गरेपछि चीनले यी दुईलाई पक्राउ गरेको थियो ।

क्यानडाले हुवावेकी प्रमुख कार्यकारी मेंग वान्झोउलाई छाडेपछि उनले आजै बिहान क्यानडा छाडेकी छिन् । दुई देशले यसरी एक अर्काका नागरिकलाई हिरासतमा राखेपछि कैयौं वर्षसम्म कूटनैतिक तनाव भएको थियो । बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा क्यानडाका प्रधानमन्त्री ट्रुडोले आफ्ना नागरिक घर फर्किन लागेकोप्रति खुसी व्यक्त गरेका छन् । ट्रुडोका अनुसार दुवै नागरिक स्थानीय समयअनुसार शनिबार बिहान क्यानडा पुग्ने छन् । उनीहरुको साथमा चीनका लागि क्यानडाली राजदूत डोमिनिक बार्टन पनि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *