कंग्रेस प्रवेश गर्दै कन्हैया कुमार

डिसी नेपाल
१० असोज २०७८ १०:४९
920
Shares

नयाँ दिल्ली। भारतका चर्चित युवा राजनीतिज्ञ कन्हैया कुमार देशको पुरानो पार्टी भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई) प्रवेश गर्ने भएका छन् । यही २८ सेप्टेम्बरमा आयोजना हुने एक कार्यक्रममा कुमार कंग्रेस प्रवेश गर्न लागेका हुन्।

सन् २०१९ को लोकसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका कुमार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नेता गिरिराज सिंहसँग पराजित भएका थिए।

भारतका क्रान्तिकारी नेता भगत सिंहको जन्मजयन्तीका अवसरमा उनी कांग्रेस प्रवेशको तयारी गरेका हुन् । कन्यैयास्ाँगै गुज्रातका स्वतन्त्र सांसद जिगनेश मेभानी पनि कंग्रेस प्रवेशको तयारी गरेका छन्।

जहवारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका पूर्वअध्यक्ष कुमार अन्य नेतासँगै कंग्रेस प्रवेश गर्ने जनाइएको छ। उनको प्रवेशले देशको पुरानो पार्टी कंग्रेसलाई विहारमा जीवन्त दिने विश्वास गरिएको छ। भारतमा आगामी सन् २०२४ मा आम निर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *