‘गुलाब’सामुद्रिक आँधीले भारतमा तीन जनाकाे मृत्यु

डिसी नेपाल
११ असोज २०७८ ९:१३
124
Shares

काठमाडौं । बंगालकाे खाडीमा विकसित ‘गुलाब’ नामको चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा तीन जनाको ज्यान गएको छ।

भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार ओडिसा राज्यको गंजम जिल्लामा एक जनाको ज्यान गएको छ भने आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा दुई जना गरी तीन जनाको ज्यान गएको हो । थप एक जना बेपत्ता छन्।

ओडिशाका विशेष राहत आयुक्त प्रदीप जेनाका अनुसार आइतबार राति उडिसाको विशखापट्टनम तटमा बज्रिएकाे (ल्याण्डफल) भएको उत्तर पश्चिम अगाडि बढिरहेको छ । जसका कारण भारतका कयौँ राज्यमा वर्षा भएको छ।

भीषण वर्षा र हावाहुरीसहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले आँधी उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । आँधी प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको थियो।

यसको गति न्यूनतम ७५ देखि ८५ किमि र अधिकतम ९५ किमि प्रतिघण्टा रहेको छ । गुलाव चक्रवात शनिबार बंगालको खाडीमा विकास भएको हो। भारतको उडिसा, आन्ध्रप्रदेश, तेलांगना, छत्तिसगढ लगायतका क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *